सन्दिप लामिछानेको इण्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

काठमाडौं, ७ जेठ । सन्दिप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सन्दिपले गएराति मुम्बई इण्डियन्सविरुद्धको खेलमा तीन विकेट लिएर आफ्नो जादु देखाएका हुन् । कप्तान श्रेयस आयरले पहिलो ओभरमा बलिङको मौका दिएकामा सन्दीपले सुर्यकुमार यादवको विकेट लिए । सन्दीपले चौंथो बलमा सुर्यकुमारको विकेट लिएका हुन् । सुर्यकुमार जारी आईपीएलमा धेरै रन बनाउने खेलाडीको सूचिमा सातौं नम्बरमा छन् ।

सन्दीपले आफ्नो दोस्रो ओभर गर्ने मौका १० औं ओभरमा पाए । क्रिजमा करण पोलार्ड र क्रुनाल पाण्ड्या थिए । सन्दीपको पहिलो बलमा नै पोलार्ड आउट भए । पोलार्ड पेभेलियन फर्केपछि स्ट्राइकमा क्रुनाल आए । दोस्रो बलमा क्रुनालले सन्दीपलाई चौका हाने । तेस्रो बलमा क्रुनालले रन जोड्न सकेनन् । चौंथो बलमा सन्दीपले क्रुनाललाई पेभेलियनको बाटो देखाए । त्यसपछिका बाँकी दुई ओभरमा भने सन्दीपले विकेट लिन सकेनन् ।

चार ओभरको स्पेलमा सन्दीपले १० डटबलसहित ३६ रन खर्चिए । सन्दीप र अमित मिश्राको उत्कृष्ट प्रदर्शनमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ । मिश्राले पनि तीन विकेट लिए । १ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बई १९ दशमलव ३ ओभरमा १ सय ६३ रनमा अलआउट भयो । पराजित भएसँगै मुम्बई प्लेअफमा छनोट हुनबाट बञ्चित भएको छ । सन्दीपले रोयल च्यालेन्जर्सविरुद्धको खेलमा पार्थिव पटेल र चेन्नई सुपर कंग्सविरुद्धको खेलमा सुरेश रैनाको विकेट लिएका थिए ।

तीन खेलमा १२ ओभर बलिङ गरी ८२ रन खर्चिएर ५ विकेट लिइ सन्दीपले आफूलाई उत्कृष्ट सावित गरेका छन् । आईपीएलमा गएराति भएको अर्को खेलमा चेन्नई सुपर किंग्सले किंग्स इलाभेन पञ्जावलाई ५ विकेटले पराजित गर्दा राजस्थान रोयल्स प्लेअफमा स्थान बनाउन सफल भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);