वंगलादेश प्रिमियर लिगमा सन्दिपको उत्कृष्ठ प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

वंगलादेश प्रिमियर लिगमा सन्दिपको उत्कृष्ठ प्रदर्शन

काठमाडौं, २५ पुस । नेपाली युवा स्पिनर सन्दिप लामिछानेले बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिगमा वुधवार भएको खेलमा विकेट लिन सकेनन्। उनले उत्कृष्ठ प्रदर्शन गरेपनि विकेट भने लिन सकेनन् ।

सिलेट सिक्सर्समा आवद्ध सन्दीपले पहिलो खेलमा उत्कृष्ठ डेब्यू गर्दै २ विकेट लिएका थिए । आफ्नो दोस्रो खेल खेलेका सन्दीपले चितागोङ भीकिङ्सविरूद्ध विकेट लिन नसके पनि किफायती बलिङ गरेका छन्।

उनले चार ओभर पुरै बलिङ गर्दै एक चौकासहित २१ रन खर्चिए । आफ्नो पहिलो ओभरमा ४ रन खर्चिएका सन्दीप दोस्रो ओभरमा ३ रन मात्र खर्चिएका थिए । यस्तै आफ्नो व्यक्तिगत तेस्रो ओभरमा ५ रन खर्चिएका उनले आफ्नो अन्तिम ओभरमा १ चौकासहित ९ रन खर्चिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);