दोस्रो जितसँगै चितवन शीर्षस्थानमा, काठमाडौं पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

दोस्रो जितसँगै चितवन शीर्षस्थानमा, काठमाडौं पराजित

काठमाडौं । चितवन टाइगर्सले जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा चितवनले काठमाडौं किङ्स इलेभनलाई  तीन विकेटले पराजित गरेको हो । जितसँगै दुई खेलबाट चार अंक बनाएको चितवन शीर्षस्थानमा फर्किएको छ । 

१४२ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा आएको चितवनले १८ ओभर पाँच बलमा सात विकेट गुमाउँदै  १४१ रन बनाएको थियो । 

चितवनका लागि राजेश पुलामी मगरले सर्वाधिक २६ रन बनाए । अविजित रहेका पुलामीले २९ बलमा दुई छक्का प्रहार गर्दै २६ रन बनाएका थिए । यस्तै कमल ऐरी र दिलीप नाथले समान २३ रन बनाए । यस्तै करिम जन्नतले १४ बलमा २१ रन बनाए । चितवनका कप्तान सोमपाल कामी डक आउट भए । 

काठमाडौंका रायन बर्ल र जितेन्द्र मुखियाले समान दुई विकेट लिए । चार ओभर बलिङ गरेका रायनले १३ रन खर्चिए । यता, तीन ओभर बलिङ गरेका जितेन्द्रले १८ रन खर्चिए । जनक प्रकाश, गुल्शन झा र सन्दीप लामिछानेले एक-एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेकोे काठमाडौले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । 

काठमाडौंको मध्यस्कोर बनाउने क्रममा ओपनिङ ब्याटर सुभाष खकुरेलले सर्वाधिक ३५ रन बनाए । ३४ बल खेलको खकुरेलले दुई चौका र दुई छक्का हिर्काएका थिए । यस्तै राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाए । काठमाडौंका अन्य खेलाडीले भने दोहोरो अंक जाेड्न सकेनन् । पहिलो खेलमा ललितपुरविरुद्ध विष्फोटक ब्याटिङ गरेका काठमाडौंका ब्याटर रायन बर्ल भने डक आउट भएका थिए । 

टस जितेर बलिङ गर्ने निर्णय गरेको चितवनका लागि सागर ढकालले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका सागरले २१ रन खर्चिएका थिए । यस्तै करिम जन्नतले दुई विकेट लिँदा सीकुगे प्रशंन्ना र कमल ऐरीले समान एक विकेट लिए । 

आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);