अष्ट्रेलियायाको बिगबास लिगमा सन्दीप लामिछानेको उत्कृष्ठ प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अष्ट्रेलियायाको बिगबास लिगमा सन्दीप लामिछानेको उत्कृष्ठ प्रदर्शन

Sandeep-Lamichhane

एजेन्सी, ९ पुस । अष्ट्रेलियाको बिग बास लिगमा युवा स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिएका छन् । तर उनको टिम मेलवर्न स्टार्सले भने लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको छ ।

सोमबार होवर्ट हुरिकेन्सबिरुद्धको खेलमा सन्दीपले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिए । सातौं ओभरमा बलिङ गर्न मैदान पुगेका सन्दीपले आफ्नो पहिलो ओभरमै एलेक्स डोलनलाई ३ रनमा बोल्ड गरे ।

नवौं ओभरमा ७ रन खर्चेका उनले विकेट लिन भने सकेनन् । १४औं ओभरको दोस्रो बलमा सन्दीपले ५२ रन बनाएर खेलिरहेका हुरिकेन्सका कप्तान म्याथ्यू वेडलाई एडम जाम्पाको हातबाट क्याचआउट गराए ।

१६औं ओभरमा सन्दीपले म्याक–डर्मोटलाई २८ रनको स्कोरमा एलबीडब्ल्यू आउट गरे । सन्दीपले ब्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरे पनि उनको टिम मेलवर्न स्टार्सले भने लगातार दोस्रो खेलमा पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मेलवर्नले निर्धारित ओभरमा ५ विकेट गुमाएर १सय ५५ रन बनाएको थियो । उसका लागि कप्तान ग्लेन म्याक्स्वेलले ४७ र निक लार्किनले ४५ रनको पारी खेले । मार्क स्टोनिसले २२ रन बनाए ।

१सय ५६ रनको लक्ष्य होवर्ट हुरिकेन्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान वेडले ५२, डियाक्री सर्टले ३४ तथा बेन म्याकडर्मोटले २८ र जर्ज बेलीले अविजित २७ रन बनाए । सन्दीपको टोली मेलवर्न यसअघि पहिलो खेलमा सिड्नी थण्डरसँग पराजित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);