टी १० क्रिकेट प्रतियोगिता: सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टी १० क्रिकेट प्रतियोगिता: सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

काठमाडौं, ६ मंसिर । युएईमा बुधवारदेखि सुरु भएको टी १० क्रिकेट प्रतियोगितामा नेपालका युवा स्टार सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सन्दीपले पहिलो खेलमै ३ विकेट लिँदा साविक विजेता केरला किंग्सले विजयी सुरुवात गरेको छ । १८ वर्षीय सन्दीपले आफ्नो दुई ओभर स्पेलमा ३ विकेट लिए । केरालाले विपक्षी पाख्तुनको ५ विकेट झार्दा ३ विकेट सन्दीपकै नामम रह्यो भने बाँकी २ रनआउट थियो । सन्दीपले १२ बल बलिङ गर्दा १७ रन दिए । पाँचौ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका सन्दीपले २ विकेट लिए ।

यस्तै आफ्नो दोस्रो ओभरमा १ विकेट लिए। उनले पाख्तुनका लागि सर्वा्धिक ३२ रन बनाएका आन्द्रे फ्लेचर, कोलिन इनग्राम (१) र र मुहमद कलिम (०) लाई आउट गरे।सन्दीपको उत्कृष्ट बलिङपछि पाख्तुनले पहिले ब्याटिङ गर्दै १० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएको थियो ।

जवाफमा कप्तान इयान मोर्गनले उत्कृष्ट ब्याटिङ गरेपछि केरलाले १३ बल अगावै २ विकेट गुमाएर लक्ष्य पुरा र्गयो। मोर्गनले नटआउट ४६ रन बनाए। उनले २० बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे। पउल स्ट्रलिङले १४ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ४० रन जोडे। क्रिस गेलल ७ बलमा १३ रन बनाए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);