सीपीएल क्रिकेट : सन्दीप आबद्ध टिम बार्बाडोस ट्रिडेन्टको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सीपीएल क्रिकेट : सन्दीप आबद्ध टिम बार्बाडोस ट्रिडेन्टको जित

sandeep lamichhane

एजेन्सी, २६ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाइ जित दिलाएका छन् । वेष्ट इण्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्टले जित निकालेको हो ।

सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि बुधबार राति बार्बाडोसले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई १८ रनले हराएको थियो । बार्बाडोसले दिएको १८७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्याट्रियट्सले २० ओभरमा ९ विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । प्याट्रियट्सलाई रोक्न बार्बाडोसका सन्दीपले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । प्रदर्शनसँगै सन्दीप प्लेयर अफ दि म्याच समेत चुनिएका थिए । त्यस्तै ह्याडेन वाल्ह र जासन होल्डरलर २–२ विकेट लिएका थिए । प्रतियोगितामा बार्बाडोसको यो पहिलो जित हो । जितसँगै बार्बाडोसले २ खेलबाट २ अंक जोडेको छ । प्याट्रियट्सको भने ४ खेलबाट २ अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);