नेपाली कबड्डी टोली १३ औँ सागमा स्वर्ण हात पार्ने तयारीमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नेपाली कबड्डी टोली १३ औँ सागमा स्वर्ण हात पार्ने तयारीमा

nepali kabaddi

सुजन चालिसे

काठमाडौं, २६ भदौ । १२ औँ सागमा काँस्य पदक हात पारेको नेपाली कबड्डी टोली अब स्वदेशमा नै आयोजना हुन लागेको १३ औँ सागमा स्वर्ण हात पार्ने आशमा छ । स्वर्णका लागि तयारी गरेपनि प्रशिक्षणका लागि पर्याप्त हल र म्याटको व्यवस्था नहुँदा सोचेअनुसार प्रशिक्षण हुन सकिरहेको छैन । आफुहरुले खेल्नका लागि पर्याप्त खेलस्थलका साथै जर्सी समेत प्राप्त नभएको खेलाडीहरुको गुनासो छ ।

१३ औँ दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली राष्ट्रिय महिला कबड्डी टोली अहिले सुन्धारास्थित नेपाली सेनाको एन सी सी हलमा प्रशिक्षणरत छ । १२ औँ सागमा काँस्य पदक हात पारेको टोली अब स्वदेशमानै आयोजना हुन लागेको १३ औँ सागमा स्वर्ण हात पार्ने आशमा छ । गत साउन १६ गतेदेखि महिला तर्फ २८ र पुरुषतर्फ २८ जना खेलाडीहरु बन्द प्रशिक्षणमा प्रशिक्षणरत छन् । छनोटको विभिन्न चरणहरु पार गर्दै हाल २१ जना महिला तथा २१ जना पुरुष गरि कुल ४२ जना खेलाडी दोस्रो चरणमा छानिएका छन् ।

आफ्नो तर्फबाट खेलाडीहरु भरपुर मिहेनेत गरीरहेका छन् तर राष्ट्रिय खेलकुद परिषद तथा कबड्डी महासँघले प्रदान गरिरहेको हालको सेवा सुविधाबाट भने उनिहरु निराश छन् । प्रशिक्षणका लागि पर्याप्त हल र म्याटको व्यवस्था नहँुदा आप्mनै पहलमा नेपाली सेनासँग पहल गरेर जसोतसो तयारी गरिरहेको नेपाली कबड्डी टोलीका मुख्य प्रशिक्षक तारासिंह भाट बताउनुहुन्छ । त्यस्तै खेलकुद क्षेत्रमा बढ्दो राजनितीकरणका कारण खेलको महत्व नबुझेका व्यक्तिहरु माथिल्लो निकायमा पुगेकाले सम्पुर्ण खेलजगतकै विकाश हुन नसकेको प्रशिक्षका भाटको गुनासो छ ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषदले आफुहरुलाई प्रदान गरीरहेको दैनिक १ हजार ४ सय रुपैया अपुग रहेको खेलाडीहरुको गुनासोे छ । आफुहरुले खेल्नका लागि पर्याप्त खेलस्थलका साथै जर्सी तथा अन्य खेल सामाग्रीहरु समेत प्राप्त नगरेको उनीहरुको गुनासो रहेको छ ।

घरेलु मैदानमा नै आयोजना हुन लागेका १३ औँ साग खेलकुद नेपालका लागि कबड्डीमा पहिलो पटक स्वर्ण हात पार्दै इतिहास रच्ने सुनौलो अवसर हो । तर, यसका लागि उतिकै कडा मिहेनेत र प्रशिक्षणको आवश्यकता देखिन्छ साथै खेलाडीहरुको गुनासोलाई सम्बन्धित निकायले सम्बोधन गर्नु जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);