नादेज्दा कप : नेपाल उज्वेकिस्तानसँग ३-२ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

नादेज्दा कप : नेपाल उज्वेकिस्तानसँग ३-२ गोल अन्तरले पराजित

women football

काठमाडौं, २६ भदौ । नादेज्दा कप फुटबल प्रतियोगितामा नेपाल उपविजेतामै सिमित भएको छ । किर्गीस्तानको काराकोलस्थित सेन्ट्रल स्टेडियममा बिहीबार उज्वेकिस्तानसंग २ का विरुद्ध ३ गोलले पराजित भएर नेपाल उपविजेता मै सिमित भएको हो ।

नेपालविरुद्ध ३ गोल गरेको उज्वेकिस्तानका खेलाडीले नेपाली डिफेन्ड लाइनलाई कमजोर बनाएका थिए । ३–० गोलले पछि परेको नेपाली महिला टोलीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै २ गोल फर्काएको थियो ।

नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरिन् । समूह चरणको खेलमा पनि नेपाली टोली उज्वेकिस्तानसँग पराजित भएको थियो । नेपालले किर्गिस्तान र ताजकिस्तानलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);