नादेज्दा कप महिला फुटबल : नेपाल बन्यो उपविजेता, साम्बा बनिन् सर्वाधिक गोलकर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नादेज्दा कप महिला फुटबल : नेपाल बन्यो उपविजेता, साम्बा बनिन् सर्वाधिक गोलकर्ता

women football

काठमाडौं, २७ भदौ । नेपाल कीर्गिस्तानमा सम्पन्न नादेज्दा कप महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको छ । बिहीबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो ।

मध्यान्तरअघिको खेलमा उज्वेकिस्तानले १–० गोलको अग्रता लिएको थियो । उज्वेकिस्तानले खेलको ३९औं मिनेटमा पहिलो गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा उज्वेकिस्तानले थप दुई गोल गरेको हो । उज्वेकिस्तानले खेलको ५४ औं तथा ६४ औं मिनेटमा गोल गरेको हो ।

नेपालका लागि सावित्रा भण्डारीले खेलको ६७ औं तथा ९ ०औं मिनेटमा गोल गरेकी थिइन् । उक्त प्रतियोगितामा सावित्रा सर्वाधिक गोलकर्ता बनिन् । उनले प्रतियोगिताभर ७ गोल गरिन् ।उनले पहिलो खेलमा कीर्गिस्तानविरुद्ध ‘ह्याट्रिक’सहित ४ गोल, दोस्रो खेलमा ताजकिस्तानविरुद्ध एक तथा बिहीबारको फाइनल खेलमा दुई गोल गरेकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);