सावित्राको कीर्तिमानी गोलसँगै नेपाल फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सावित्राको कीर्तिमानी गोलसँगै नेपाल फाइनलमा

sabitra bhandari

पोखरा, १९ मंसिर । नेपाली महिला फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुदको फाइनलमा पुगेको छ । लगातार दोस्रो खेल जित्ने क्रममा बिहीबार माल्दिभ्सलाई ३–० गोल अन्तरले हराएर नेपाल फाइनलमा पुगेको हो ।

पोखरा रंगशालामा नेपाललाई तेस्रो पटक साग महिला फुटबलको फाइनलमा पुर्‍याउन सावित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन् । पहिलो हाफमा २ गोल गरेकी सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् । उनले १८ औं मिनेटमा पहिलो र २२ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् ।

पहिलो गोलले उनलाई नेपालको सर्वाधिक गोलकर्ता बनाएको छ । पहिलो गोलसंगै सावित्राले नेपालको लागि ३६ गोल पुरा गरेर अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन् ।

सागका महिला फुटबलको स्वर्ण पदकका लागि नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने छ । नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको यो तेस्रो पटक हो । यसअघि सन् २०१० र २०१६ मा यी दुई टोली नै फाइनलमा भेट भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);