उपराष्ट्रपति कप महिला फुटबल लिगको उपाधि एपीएफलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

उपराष्ट्रपति कप महिला फुटबल लिगको उपाधि एपीएफलाई

साबित्रा भण्डारीकाे ह्याट्रिक

काठमाडौं, १५ साउन । उपराष्ट्रपति कप महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । सातोवाटोस्थित एन्फा मैदानमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल अन्तरले पछि पार्दै उपाधि जितेको हो ।

एपीएफका लागि साबित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन् । जारी प्रतियोगितामा एपीएफले अपराजित यात्रा कायमै राख्दै उपाधि जित्न सफल हुँदा आर्मीले आज पहिलो हार व्यहोरेको हो ।

पहिलो हाफको ४० औं मिनेटमा गोल गर्दै सावित्राले सुरुवाती गोल गरेकी थिइन ।पहिलो हाफमा एक गोलले अगाडि रहेको एपीएफले दोस्रो हाफमा थप २ गोल गरेको थियो भने १ गोल खायो । ४९ औं मिनेटमा आर्मीकी पुनम मगरले बराबरी गोल गरेकी थिइन् ।

त्यसपछि सावित्राले ५४औं र ८२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकि थिइन् । उपाधि विजेता एपीएफले नगद २ लाख पाउँदा उप विजेता भएको आर्मीले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । यसैगरी रौतहटले तेस्रो हुँदै ५० हजार प्राप्त गरेको छ ।

आजै उपाधि होडबाट बाहिरिसकेको नेपाल पुलिस क्लबले काठमाडौंलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको थियो । पुलिसका लागि निरु थापाले ह्याट्रिक सहित ४ गोल गर्दा, निर्मला उपाध्यायले २ गोल गरिन ।

यसैगरी घिमकुमारी गुरुङ, निर्मला विक र मञ्जु गुरुङले एक एक गोल थपेका थिए । आजको जितसँगै ३ अंक जोडेको पुलिसले चौथो स्थानमा रहँदै लिग सकाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);