प्रधानसेनापति कप महिला फुटबलको उपाधि एपीएफलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रधानसेनापति कप महिला फुटबलको उपाधि एपीएफलाई

काठमाडौं, १२ मंसिर । छैटौ संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । विभागीय डर्बीमा आर्मीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै एपीएफले उपाधि रक्षा गरेको हो । काठमाडौंको भद्रकालीस्थित आर्मीको खेल मैदानमा भएको खेलमा एपीएफ पेनाल्टी सुटआउटमा ४/२ ले विजयी बन्यो ।

उपाधिसंगै एपीएफले ३ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाख ५० हजारमा चित्त बुझायो । निर्धारित र अतिरिक्त समयको खेल १/१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा एपीएफका साबित्रा भण्डारी, रेनुका नगरकोटी, अनु लामा र अनिता बस्नेतले गोल गरिन् । गिता रानाले पेनाल्टीमा गोल गर्न सकिनन् । आर्मीका अन्जना राना मगर र निशा बोहराले गोल गरिन् ।

तर, कृष्णा खत्री, अन्जली सुब्बा र इन्दिरा राईले गोल गर्न नसक्दा आर्मी उपाधिबाट बन्चित भएको हो । १९ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । ६३ औं मिनेटमा बिमला चौधरीले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिईन् ।

प्रतियोगितामा आर्मीकी पुनम जर्गा मगर सर्वोकृष्ट खेलाडी घोषित भईन् । उनले एक थान स्कुटर प्राप्त गरिन् । यस्तै उत्कृष्ट फरवार्ड एपीएफकी साबित्रा भण्डारी, मिडफिल्डरमा आर्मीकी बिमला चौधरी, डिफेन्डरमा आर्मीकी सुमित्र चौधरी, गोलकिपरमा एपीएफकी एन्जिला सुब्बा र उत्कृष्ट प्रशिक्षक एपीएफका जनक सिंह घोषित भए । उत्कृष्ट हुनेले समान ५/५ हजार प्राप्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);