१६ औँ महिला राष्ट्रिय लिग फुटबलमा एपीएफ र नेपाल पुलिस विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

१६ औँ महिला राष्ट्रिय लिग फुटबलमा एपीएफ र नेपाल पुलिस विजयी

ललितपुर, २५ पुस । ललितपुरमा जारी १६ औँ महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत आज भएको सुपरलिगका खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । एपीएफका लागि दोस्रो हाफमा अनिता केसी र अनिता बस्नेतले गोल गरेपछि एक गोलले अग्रता लिएको आर्मी २–१ ले पराजित भयो ।

कप्तान कृष्णा खत्रीले १७ औँ मिनेटमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा एक गोलले पछि परे पनि दोस्रो हाफमा एपीएफले पुनरागमन गर्दै दुई गोल फर्कायो ।

५० औँ मिनेटमा अनिता केसीले एपीएफका लागि बराबरी गोल गरिन । त्यस्तै ८२ औँ मिनेटमा अनिता बस्नेतले एकल प्रयासमा गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाइन् ।  इन्जुरी समयमा एपीएफकी मनमायाँ लिम्बु दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएकी थिइन् ।

आजै भएको पहिलो खेलमा नेपाल पुलिसले सुदूरपश्चिमलाई १–० ले पराजित गर्यो । पुलिसका लागि रुपा मगरले ३१ औँ मिनेटमा गोल गरेकी थिइन् । दोस्रो जितपछि एपीएफले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । एपीएफले बिहीबार अन्तिम सुपर लिग खेलमा नेपाल पुलिससँग खेल्नेछ भने आर्मीले सुदूरपश्चिमसँग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);