रंगशालाको पुनर्निर्माणमा ढिलाई हुँदा खेल क्षेत्र प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

रंगशालाको पुनर्निर्माणमा ढिलाई हुँदा खेल क्षेत्र प्रभावित

rangasala

 किशन भण्डारी

काठमाडौं, २५ पुस । नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको पुनर्निर्माणले अझै गति लिन सकेको छैन । २०७२ सालको भूकम्पले क्षति पुगेको रंगशालाको समयमै पुनर्निर्माण नहुँदा अभ्यास गर्ने देखि प्रतियोगिता सञ्चालन गर्न समेत समस्या भएको छ ।

अन्तर्राष्ट्रिय स्तरको रंगशाला पुनर्निर्माणको प्रतिक्षामा बसेको दुई बर्षभन्दा बढी भइसकेको छ । रंगशालाको पुनर्निर्माणमा ढिलाई हुँदा त्यसले खेल क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको छ । प्रशिक्षण स्थलको अभावमा खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । साथै घरेलु लिग सञ्चालनमा समेत समस्या देखिएको छ ।

खेलाडीहरुले रंगशालाको पुनर्निर्माणका लागि दाबाब दिँदै आएका छन् । अभ्यासका लागि भौतिक पूर्वाधार नहुँदा प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्न नसकिएको खेलाडीहरुको गुनासो छ ।

रंगशालाको पुनर्निर्माणमा ढिलाई हुँदा सन् २०१९ मा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद नै प्रभावित हुने हो की भन्ने आशंका पैदा भएको छ । तथापी राष्ट्रिय खेलकुद परिषदले भने अबको एक बर्षभित्र पुनर्निर्माण सकिने दाबी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);