दशरथ रंगशालाको पुन:निर्माण ६ महिनाभित्र पूरा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दशरथ रंगशालाको पुन:निर्माण ६ महिनाभित्र पूरा हुने

dhasarath rangasala

किशन भण्डारी
काठमाडौं, १३ बैशाख
। नेपालले सन् २०१९ मा हुने भनिएको दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको आयोजना गर्ने जिम्मा पाएको छ । त्यसका लागि अब १ वर्ष बाँकी छ । तर, नेपालको तयारी भने प्रतियोगिता आयोजनाका लागि पर्याप्त देखिदैन । प्राय खेल काठमाडौँमै हुने भएकाले सबै ध्यान देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालामा केन्द्रित भएको छ ।

मुलुकको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला पुनर्निर्माणको काम धमाधम भइरहेको छ । केही समय बजेट र जनशक्ति अभावले रंगशाला पुनर्निर्माणमा ढिलाइ भएपनि पछिल्लो समय पुनर्निर्माण कार्यले गति लिएको अधिकारीहरुले बताएका छन् ।

२०७१ सालमा ए डिभिजन लिग सकिएपछि रंगशालाको मर्मसम्भार सुरु गरिएको थियो । तर, ७२ सालको भुकम्पले रंगशालामा झन् ठूलो क्षति पुर्याए । केही समय त पुनर्निर्माण सुरु हुनै सकेन । निकै ढिलो गरी पुनर्निर्माण सुरु गरिएको रंगशालालाई दक्षिण एसियाली खेलकुद प्रतियोगिताभन्दा २ महिना अघि नै तयार गर्ने सरोकारवाला निकाय बताउँछन् ।

२५ हजारभन्दा बढी दर्शक अटाउने क्षमताको रंगशाला अत्याधुनिक व्यवस्था सहित निर्माण हुने राखेपले जनाएको छ । करिब एक अर्बको लगानीमा ६ महिना भित्र रंगशालाको स्वरुप नयाँ बन्नेछ । दर्शक बस्ने प्याराफिटमा छाना हालिने छ जहाँ दर्शकले बिगतको जस्तो घाम र पानीको अवरोध खेप्नु पर्दैन । भिआइपी प्याराफिटमा पनि अझ स्तरीय छानो र सुरक्षाको दृष्टिकोणले मजबुत हुनेछ । थलिएको स्कोरर्बोड पनि नयाँ ल्याइने र पोलको लम्बाई पनि थपिनेछ । मैदान वरिपरी रहेको स्टेडिएम लाइटको नयाँ ढंगले व्यवस्थापन गरिने छ ।

रंगशालालाई बेलैमा तयार गर्न सके नेपालको साख जोगाउन सहयोग पुग्छ । रंगशालाको स्वरुप कहिलेसम्म र कस्तो बन्ने हो भन्नेबारे खेलाडी र आम जनतामा चासोको विषय बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);