चुनाव भएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गर्ने सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चुनाव भएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गर्ने सम्भावना

Nepal-Cricket-And-icc

काठमाडौं, १३ वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपालमाथिको प्रतिबन्ध फुकुवा गर्ने संकेत गरेको छ ।

भारतको कोलकतामा सम्पन्न आइसीसी बोर्ड बैठकपछि आयोजित पत्रकार सम्मेलनमा आइसीसीका पदाधिकारीले निम्वनमा परेको नेपाल क्रिकेट संघ (क्यान)को वर्तमान अवस्थाबारे अपडेट प्राप्त गरेको र एड्भाइजरी कमिटीले बनाएको विधान क्यानको विशेष साधारण सभाले पारित गरेको उल्लेख गरेका छन् ।

आईसीसीले नयाँ विधान अनुसार चुनाव भएपछि नेपालको निलम्बन फुकुवामा अर्को कदम चाल्ने बताएको छ । निर्वाचित क्यानले हालै मात्र सल्लाहकार समूहले बनाएको विधान हुबहु पारित गरेको थियो ।

बैठकपछि आईसीसीले भनेको छ, ‘निलम्बन फुकुवाको दिशामा आगामी कदम संशोधित विधानअनुसार निर्वाचन भएपछि चालिनेछ ।’ यस्तै आइसीसीले आफ्नो १ सय ४ वटै सदस्य राष्ट्रलाई टी ट्वेन्टी मान्यता प्रदान गर्ने घोषणा पनि गरेको छ ।

आइसीसी च्याम्पियनसिप ट्रफीको सट्टामा सन् २०२१ मा पनि टी ट्वेन्टी वल्र्डकप आयोजना गर्ने पनि आइसीसीले निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);