काठमाडौं, २८ असोज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको निलम्बन ससर्त फुकुवा गरेको छ । आइतबार र सोमबार बसेको आईसीसी बैठकले ससर्त फुकुवा गर्ने निर्णय गरे पनि विज्ञप्तिमा सर्तबारे केही उल्लेख गरिएको छैन ।
नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको र निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघमाथि निलम्बन गरेको थियो । त्यसपछि आईसीसीकै प्रत्यक्ष संग्लग्नतामा गठन गरिएको सल्लाहकार समिति र स्वतन्त्र समितिको मातहत जिल्ला, प्रदेश र असोज ३ गते केन्द्रीय निर्वाचन सम्पन्न भएको थियो ।




