क्यानको निर्वाचन आगामी असोज १० र ११ गते गर्ने सहमती | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

क्यानको निर्वाचन आगामी असोज १० र ११ गते गर्ने सहमती

can-logo

काठमाडौं, ३० भदौ । नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप), अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र स्वतन्त्र कमिटीका प्रतिनिधिसहितको सोमवार बसेको बैठकले आगामी असोज १० र ११ गते क्यानको निर्वाचन गर्ने सहमति जुटाएको हो ।

क्यानको केन्द्रीय निर्वाचनसँग सम्बन्धित प्रक्रियामा समस्या देखिएपछि विवाद समाधानका लागि भन्दै आईसीसीका प्रतिनिधि आइबार नेपाल आएका थिए । नेपाल आएका आईसीसी प्रतिनिधि इमरान ख्वाजा र अमर शेखसहतिको टोलीले क्यानको निर्वाचनका सन्दर्भमा सोमबार राखेपका सदस्य सचिव रमेश सिलवार र स्वतन्त्र कमिटीका कानूनी सल्लाहकारसंग छलफल गरेको थियो ।

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भनी आईसीसीले २०७३ वैशाख देखि क्यानलाई निलम्बन गर्दै आएको छ । नेपाली क्रिकेटलाई नयाँ ढंगले ब्युँत्याउनेक्रममा आईसीसीले सल्लाहकार समिति र स्वतन्त्र समितिबाट नयाँ विधानमार्फत क्यानको निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो।

जस अनुसार अर्को शनिबार क्यानको निर्वाचन हुने कार्यक्रम थियो । उक्त कार्यक्रमप्रति राखेपले असन्तुष्टि जनाएको थियो । सोमवारको सहमतीसंगै क्रिकेट संघको विवाद समाधान हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);