बीआरआई निर्माण गर्न नेपाल महत्वपूर्ण सहयात्री : चीन | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

बीआरआई निर्माण गर्न नेपाल महत्वपूर्ण सहयात्री : चीन

काठमाडौं, २८ असोज । चीनले दक्षिण एसियामा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई संयुक्त रूपमा निर्माण गर्न नेपाल महत्वपूर्ण सहयात्री रहेको बताएको छ ।

नेपालको दुई दिने राजकीय भ्रमण गरि चीनका राष्ट्रपति सि चिनफिङ आइतबार स्वदेश फर्केपछि चीनको यस्तो धारणा आएको हो।

सीको भ्रमणलाई लिएर चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सिन्हवासँग कुरा गर्दै नेपाल र चीन दुवै मुलुकले एक अर्कोलाई सहयोग र विश्वास गरेको बताए। उनले सीको यो भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याएको समेत बताएका छन्।
उनले नेपाल र चीन बीच विकास र समृद्धिको लागि रणनीतिक सहकार्य समेत उल्लेख गरेका छन्। वाङले नेपालले आफ्नो भूमिमा चीनविरूद्ध कुनै किसिमको गतिविधि हुन नदिने प्रतिबद्धता गरेको समेत बताएका छन्। ‘जे जस्तो भए पनि चीनसँगको नेपालको नीति परिवर्तन हुदैन,’ वाङलाई उल्लेख गर्दै सिन्हवाले उल्लेख गरेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार