आईपीएल : बैंगलोरविरुद्ध चेन्नईको रोमाञ्चक जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आईपीएल : बैंगलोरविरुद्ध चेन्नईको रोमाञ्चक जित

ms dhoni

एजेन्सी, १३ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपरकिंग्सले रोयल च्यालेञ्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ । चेन्नई सुपरकिंग्सले गएराति रोयल च्यालेञ्जर्स बैंगलोरलाई उसकै घरेलु मैदानमा ५ विकेटले पराजित गरेको हो ।

चेन्नई सुपरकिंग्सले २ सय ६ रनको लक्ष्य दुई बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गर्‍यो । लक्ष्य पूरा गर्ने क्रममा महेन्द्र सिंह धोनीले ३४ बलमा अविजित ७० रन बनाए । चेन्नइका लागि अम्बाती रायदुले ८२ रनको योगदान गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको रोयल च्यालेञ्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । उसका लागि ए बी डे भिल्लर्सले ३० बलमा ६८ रन बनाएका थिए । तर हारका कारण भिल्लर्सको आक्रामक इनिङ छायाँमा पर्‍यो ।

हारसँगै रोयल च्यालेन्जर्स छैटौं स्थानमा छ भने चेन्नई सुपरकिंग्स १० अंकसहित पहिलो स्थानमा उक्लिएको छ । प्रतियोगितामा आज सनराइजर्स हैदरावाद र किंग्स इलावेन पञ्जावबीचको खेल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);