मुलपानी रंगशालाको निर्माण कार्य युद्धस्तरमा गर्न मन्त्री गहतराजको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

मुलपानी रंगशालाको निर्माण कार्य युद्धस्तरमा गर्न मन्त्री गहतराजको निर्देशन

काठमाडौं। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् ।

सोमबार बिहान मुलपानी पुगेका मन्त्री गहतराजले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका छन्।

आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढाउन निर्देशन दिदैं मन्त्री गहतराजले गुणस्तरियताकालागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए ।  मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरिक्षणमा पुगेका मन्त्रीले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताए ।  अनुगमन तथा निरक्षणका क्रममा मन्त्री गहतराजले अभ्यासरत खेलाडीहरुसँग भेटघाट गरेका थिए ।

Leave a Reply

ताजा समाचार