मैत्रीपूर्ण खेलमा सिरी ए च्याम्पियन इन्टर मिलानको जीत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

मैत्रीपूर्ण खेलमा सिरी ए च्याम्पियन इन्टर मिलानको जीत

एजेन्सी । प्रि–सिजन तयारी अन्तर्गत पहिलो मैत्रीपूर्ण खेलमा इन्टर मिलानले स्विस क्लब लुगानो एफसीलाई पराजित गरेको छ ।

शनिबार राति भएको भएको खेलमा सिरी ‘ए’ च्याम्पियन इन्टरले लुगानो एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको हो । यससँगै इन्टरले लुगानो कपको उपाधि समेत जितेको छ ।

खेलको निर्धारित समयमा दुबै टोलीले २–२ गोलको बराबरी बनाएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इन्टरले जित निकाल्न सफल भयो ।

पेनाल्टी अघि खेलको ३० औं मिनेटमा सान्डी लोब्रिचले र ३५ औं मिनेटमा मिकाइल फाचिनेट्टीले गोल गर्दै लुगानोलाई २–० को अग्रता दिलाए ।

तर, ३८ औं मिनेटमा डानिलो डीएम्ब्रोसीले गोल गर्दै इन्टरलाई २–१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ५४ औं मिनेटमा इन्टरका मार्टिन साट्रीयानोले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);