इन्टर मिलान युरोपा लिगको क्वाटरफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इन्टर मिलान युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी, २२ साउन । इटालीयन क्लव इन्टर मिलान युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न भएको खेलमा इन्टर मिलानले गेटाफेलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

इन्टर मिलानको जितमा रोमेलु लुकाकु र क्रिस्टियन इरिक्सनले एक एक गोल गरे । खेलको ३३ औं मिनेटमा लुकाकुको गोलमा इन्टरले अग्रता बनाएको थियो ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको इन्टरविरुद्ध दोस्रो हाफको सुरुवातमा नै गेटाफेले पेनाल्टी पाएको थियो । भिएआरको सहयोगमा पाएको पेनाल्टीलाई सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका जोर्जी मोलिना भिडालले त्यसलाई आत्मसाथ गर्न सकेनन् । तर ८८ औं मिनेटमा इन्टरले अन्तर दुई शुन्यमा पुर्यायो ।

यसपटक उसका लागि क्रिस्टियन इरिक्सनले गोल गरे । पराजित भएसँगै गेटाफे खेलमा फर्कन सकेन र प्रतियोगिताबाट बाहिरीयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);