आईपीएल क्रिकेटका लागि स्वास्थ्य सुरक्षा प्रोटोकल तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आईपीएल क्रिकेटका लागि स्वास्थ्य सुरक्षा प्रोटोकल तयार

ipl postponed

एजेन्सी, २२ साउन । भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले इन्डियन प्रिमियर लिग आईपीएलका बेला कोरोना भाईरसबाट जोगिनका लागि स्वास्थ्य र सुरक्षाको प्रोटोकल तयार गरेको छ । संयुक्त अरब इमिरेट्स युएईमा आयोजना हुने यस वर्षको आईपीएलका लागि बीसीसीआईले स्वास्थ्य र सुरक्षाको प्रोटोकल तयार गरेको हो ।

खेलमा सहभागी हुने हरेक टिमले प्रतियोगिताका लागि युएई जानु अघिदेखि प्रतियोगिता सकिएसम्म स्वास्थ्य र सुरक्षाको प्रोटोकलको पालना गर्नु पर्नेछ । बीसीसीआईले तयार गरेको प्रोटोकल अनुसार खेलाडी, स्टाफ सबैले मास्क अनिवार्य प्रयोग गर्नु पर्नेछ भने हरेक टिमसँग एक चिकित्सक हुनु पर्नेछ ।

प्रोटोकल अनुसार हरेक टिमले खेलाडीलाई चार्टर उडानबाट युएई लैजानु पर्नेछ । युएई जानु अघि हरेक व्यक्तिको कोरोना परिक्षण गर्नु पर्नेछ र युएई पुगेर पनि कोरोना परीक्षण गराउनु पर्नेछ । उडानको दौरान समेत खेलाडीले भौतिक दुरी कायम राख्नु पर्नेछ । यस वर्षको आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुनेछ ।

यस अघि आईपीएल मार्च २९ बाट हुने तालिका रहेको थियो । कोरोना भाईरसको महामारीको कारण बीसीसीआईले युएईमा आईपीएल गराउने निर्णय गरेको हो । एसिया कप र टी–२० विश्वकप यस वर्ष स्थगित भएसंगै आईपीएल आयोजनाको बाटो खुलेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);