सरकारले कोरोना संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गर्‍यो : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सरकारले कोरोना संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गर्‍यो : कांग्रेस

nepali congress

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसले सरकारले परीक्षणको दायरा घटाएर कोरोना भाईरस संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको आरोप लगाएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री एवम् कांग्रेसद्धारा गठित कोरोना भाईरस अनुगमन समितिका संयोजक डाक्टर प्रकाशशरण महतले उक्त आरोप लगाउनु भएको हो ।

महतले सरकारले कोरोना भाइरसको परीक्षणको दायरा घटाएर संक्रमण घटेको भन्दै भ्रामक प्रचार गरेको दावी गर्नु भयो । उहाँले सरकारले लकडाउन खोलेपछि स्वास्थ्य सुरक्षाको प्रोटोकल र त्यसको कार्यान्वयन गर्ने तयारीको बारेमा कुनै काम गर्न नसकेको आरोप समेत लगाउनुभयो ।

पछिल्लो समय वीरगञ्ज, राजविराज लगायतका ठाउँमा देखिएको संक्रमणको प्रकृतिले संक्रमण समुदायमा फैलिएको स्पस्ट हुने महतले बताउनुभयो । समुदायमा फैलन सक्ने संक्रमणको नियन्त्रणका लागि सकरारले परीक्षण गर्ने, ट्रेसिङ गर्ने, उपचार र स्वास्थ्य उपकरणको व्यवस्था गर्ने काममा सरकार कमजोर रहेको भन्दै त्यसतर्फ ध्यान दिन माग गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);