कारागारमा क्षमता भन्दा ३ गुणा बढी कैदीबन्दी, कोरोना संक्रमणको जोखिम उच्च | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

कारागारमा क्षमता भन्दा ३ गुणा बढी कैदीबन्दी, कोरोना संक्रमणको जोखिम उच्च

jaleshwor-karagar

महोत्तरी, १९ चैत । नेपालका अधिकांस कारागारहरुमा क्षमता भन्दा बढी कैदीहरु राखिएका छन् । महोत्तरीको जलेश्वर कारागारमा पनि क्षमता भन्दा ३ गुणा बढी कैदीहरु रहँदा कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । कोरोना भाईरसले विश्वलाई आतकिंत बनाईरहेका बेला जलेश्वर कारागारका कैदीहरुको न स्वास्थ्य परिक्षण गरिएको छ न कैदी संख्या कम गर्ने  पहल नै भएको छ ।

डुवान,ठाउँको अभाव तथा रोगको संक्रमण जस्ता विषयले बेलाबेला चर्चामा आइरहने जलेश्वर कारागारका बन्दीहरु अहिले कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् । कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि सामाजिक दुरी महत्वपुर्ण मानिएको बेला जलेश्वर कारागारमा सयौँ कैदी एउटै कोठामा सुतिरहेका छन् । कारागारमा केही कैदीबन्दीहरुलाई ज्वरो र रुघाखोकी समेत लागेपछि त्यहाँ त्रास नै फैलिएको छ ।

जम्मा १ सय ३५ जना राख्ने क्षमताको भएको जलेश्वर कारागारमा अहिले ५ सय ३१ जना कैदीबन्दी रहेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउनको बेलापनि यस कारागारमा भने ३ गुणा बढी कैदीहरुको चेकजाँच गरिएको छैन । क्षमता भन्दा धेरै कैदीबन्दी रहेकाले कोरोना संक्रमणको जोखिम छ ।

विश्व नै कोरोनाको संक्रमणबाट अस्तव्यस्त भएको बेला कारागारका कैदीबन्दीहरुका लागि सुरक्षाको कुनै उपाय अपनाइएको पाइँदैन ।

यही चैत ६ गते संसदीय समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको थियो । संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले कोरोना भाइरसको संक्रमण फैलिएमा कारागारमा जटिल अवस्था आउन सक्ने भन्दै कैदी बन्दीको संख्या घटाउन निर्देशन दिएको दिएको थियो ।

जलेश्वर कारागारमा पनि एक वर्ष वा त्यो भन्दा कम सजाय भएका र तोकिएको सजायको आधा भुक्तना गरिसकेका कैदीबन्दीहरुको तथ्यांक तयार गरिएको छ । सरकारले कोरोना भाइरस संक्रमणलाई दृष्टिगतगरि दिएको सुविधा अनुसार जलेश्वर कारागारमा रहेका तिन जना कैदीबन्दी जिल्ला अदालत धनुषाको आदेशमा रिहा भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);