काठमाडौं, १९ चैत । कोरोना संक्रमणको त्राससंगै मुलुकभर मास्क अभाव भईरहेका बेला भक्तपुरका एकै परिवारका दिदिवहिनी निशुल्क मास्क वितरणमा जुटेका छन् ।
बजारमा मास्क अभावसंगै कालोबजारी बढेपछि सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोलका मनसोभा सुवाल त्वातीका दिदिबहिनी मास्क बनाएर वितरणमा जुटेका हुन् । त्वाती दिदीवहिनीहरु बिहान साँझ नजिकको र चिनजानको टेलरमा गई खेर गएका कपडा संकलन गर्ने र दिनभर मास्क बनाउने गरिरहेका छन् ।
मास्क लिनका लागि टोलबासीहरु कोही नछुटुन र नदोहोरिउन भन्नेमा उनीहरु सचेत छन् । त्वाती दिदी वहिनीले आफूहरुले बनाएको माक्स नजिकको समूदायको भक्तपुर नगर भित्रका बृद्द बृद्दाहरुलाई समेत वितरण गर्दै आएका छन् । उनिहरुले अहिले सम्म १ हजार ५ सय बढी मास्क वितरण गरि सकेका छन् ।




