वीरगञ्जमा प्रभावकारी बन्दै मास्क वितरण अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वीरगञ्जमा प्रभावकारी बन्दै मास्क वितरण अभियान

राजेन्द्र सिंह,
पर्सा । वीरगञ्जमा मास्क वितरण अभियान प्रभावकारी बन्दै गएको देखिएको छ । कोरोनाको प्रकोप सामान्य देखिएको वीरगञ्ज आसपासको क्षेत्रमा स्थानीयले मास्क लगाउनमा कमि गरेकोले नेपाल रेडक्रस सोसाईटीद्धारा विभिन्न स्थानमा निशुल्क मास्क वितरण गरिएको अभियान निकै प्रभावकारी हुँदै गएको छ ।

प्रत्येक दिन वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर, राधेमाई र छपकैया क्षेत्रमानेपाल रेडक्रस सोसाईटीद्धारा मास्क वितरण गर्ने काम हुने गरेको छ । यहि सावन २९ गते सम्मथप स्थान जस्तै पोखरीया, अमरपटी, विरुवा गुठी लगायत रेडक्रसका उपशाखाहरुद्धारा पनि मास्क वितरण हुने नेपाल रेडक्रस सोसाईटीका कार्यालय साहायक राजन श्रीवास्तवले जानकारी दिए ।

केही स्थानहरुमा भने कतिपय अभियनता र समाजसेवीहरुले पनि सोही प्रकारको अभियानमा साथ दिने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);