भगवान विष्णुको तेस्रो स्वरुप मानिने धुम्रवराहको विशेष पूजा अर्चना गरि बराह जयन्ती मनाइयो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भगवान विष्णुको तेस्रो स्वरुप मानिने धुम्रवराहको विशेष पूजा अर्चना गरि बराह जयन्ती मनाइयो (भिडियोसहित)

काठमाडौं । आज बराह जयन्ती , हिन्दु धर्म ग्रन्थका अनुसार भाद्र महिनाको शुक्लपक्षको तृतीया तिथिमा वराह जयन्ती विशेष पूजा अर्चना सहित मनाइन्छ ।

यस अवसरमा धुम्वाराही स्थित धुम्रवराह मन्दिर परिसरमा भगवान धुम्रवराहको विशेष पूजाअर्चनाका साथै होम यज्ञादी गरि मनाइएको छ । धार्मिक एवं ऐतिहासिक महत्वले भरिएको यस मन्दिरमा हरेक वर्ष विशेष पूजा आजा भजन कृतन सहित यो पर्व मनाइने गरिन्छ ।

यस अवसरमा श्री धुम्रवराह मुठ्ठीदान संकलन समितिले विशेष पूजाको आयोजना गरेको यियो । विगतका वर्षहरुमा उल्लेख्यमात्र भक्तजनहरुको उपस्थिति रहने गरेता पनि यस वर्ष कोभिडका कारण सिमित व्यक्तिको उपस्थितीमा पर्व मनाइएको समितिका उपाध्यक्ष अनुजा भट्टराईले बताईन् ।

भगवान वराहको पूजा अर्चनाले सुख शान्ति र सम्वृद्धी प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यस अवसरमा भगवान धुम्रवराहको मूर्तिलाई सिंगारिनुका साथै मन्दिर परिसर सुन्दर बनाइएको थियो ।

मन्दिर परिसरमा सिमित भक्तजनको उपस्थिती रहेको थियो । मन्दिर दर्शन तथा पूजा आजाको लागि फाटफुट्ट रुपमा दर्शनार्थीहरु उपस्थिती देख्न सकिन्थ्यो । भगवान विष्णुले आजको दिन वराह अवतार लिएर हिरण्याक्ष नामक राक्षसको वध गर्नुभएको विश्वास गरिन्छ । हिन्दु धर्मावलम्बीहरुले आजको दिन भगवान विष्णुको पूजा अर्चनाका साथै भजन कीर्तन, व्रत लिने प्रचलन रहेको छ ।

सत्ययुगमा भगवान विष्णुले लिनुभएको यो अवतार एउटा सुँगुर जस्तो देखिने अवतार हो । बराह अवतार भगवान विष्णुको तेस्रो अवतार मानिन्छ भने वराह अवतार भन्दाअघि भगवान विष्णु मत्स्य र कूर्म अवतारमा प्रकट भइसक्नु भएको थियो । ऋग्वेदमा उल्लेख भए अनुसार, वराह अवतारले चोरिएको धर्तीलाई उद्दार गरेको उल्लेख गरिएको छ ।

सत्ययुगमा ऋषि कश्यपको पुत्र हिरण्याक्षको आतंक दिन प्रतिदिन बढिरहेको थियो । हिरण्याक्षले भगवान ब्रह्माबाट युद्धमा विजय प्राप्त गर्ने र अमर रहने आशीर्वाद पाएका थिए । असुर हिरण्याक्षले धर्तीलाई चोरेर पानीभित्र पाताल लोकमा लुकाइदिएको कारण सबै देवलोक चिन्तित भएका थिए ।

त्यसपछि आजकै तिथिमा ब्रह्माको नाकबाट भगवान विष्णु वराह अवतारमा प्रकट हुनुभयो । त्यसबेला विष्णुको वराह अवतारलाई देखेपछि सबै देवलोक प्रशन्न भइ उहाको स्तुति गर्न थाले । वराह अवतार रुपी भगवान विष्णुले पानीभित्र लुकाइएको धर्तीलाई आफ्नो दातमा च्यापेर त्यहाँबाट निकाले ।तत्पश्चात सबै देवलोक खुशी भए ।

जब हिरण्याक्षलाई यो कुरा थाहा भयो, तब उनले भगवान विष्णुको वराह अवतारलाई युद्धका लागि लाल्कारे । त्यसपछि भगवान विष्णुले वराह अवतारका रूपमा हिरण्याक्षलाई घेरेर उनको वध गर्नुभएको कथन रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);