साझा प्रकाशनको महाप्रबन्धकमा पोखरेल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साझा प्रकाशनको महाप्रबन्धकमा पोखरेल नियुक्त

काठमाडाैं । साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार प्रह्लाद पोखरेल नियुक्त भएका छन । साझा प्रकाशन सञ्चालक समितिको बैठकले प्रशासनिक क्षेत्रमा समेत लामो समय काम गरेका पोखरेललाई महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।

बुधबार पुल्चोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका उनले साझा प्रकाशन नेपाली बाङ्मयको क्षेत्रमा गौरवपूर्ण संस्था रहेको उल्लेख गर्दैैै त्यसको गरिमा कायम हुने गरी कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘साझा प्रकाशन नेपाली साहित्य, नेपाली भाषा र समग्र नेपाली बाङमयको अग्रणी संस्था हो । र यो ऐतिहासिक रुपमा रहेको संस्थाको काममा कमी भएको देखिएको छ । साझाको आफ्नै गौरवपूर्ण कामलाई निरन्तरता दिनका लागि प्रयत्नशील रहनेछु । ’

कार्यक्रममा निवर्तमान महाप्रबन्धक होमप्रसाद गौतमलाई विदाई गरिएको थियो । साझा प्रकाशनका वरिष्ठ अधिकृत होमनाथ भट्टराईसहितका कर्मचारीहरुले नवनियुक्त महाप्रबन्धक पोखरेललाई स्वागत गरेका थिए भने निवर्तमान महाप्रबन्धक गौतमलाई विदाई गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);