विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिइने

काठमाडाैं । विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार बसेको सचिवस्तरीय बैठकले त्रिभुवन विश्वविद्यालय लगायत अरु विश्व विद्यालयका परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय गरेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखाले झण्डै ६० हजार विद्यार्थीलाई खोप दिने गरी तयारी भएको बताएको छ । सबै स्वास्थ्य निर्देशनालय, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरुलाई खोपको व्यवस्था गर्न भनिएको र काठमाडौंमा आजदेखि विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको हो ।

खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्नेछ । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ भने अरु विश्वविद्यालयका पनि परीक्षा सञ्चालन भैरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);