बुद्धभूमि नगरपालिकाले बाड्यो कृषियन्त्र | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

बुद्धभूमि नगरपालिकाले बाड्यो कृषियन्त्र

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी कृषियन्त्र वितरण गरेको छ ।

नगर भित्र रहेका किसानलाई ५०/५० र ७०/३० अनुदान कार्यक्रम अन्तर्गत कृषि सामग्री वितरण गरिएको हो ।

नगरभित्र रहेका कृषक समूह, कृषि सहकारी र व्यक्तिगत फर्म गरी ८३ जना किसानलाई अनुदानमा कृषि सामग्री वितरण गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिए ।

नगरको बार्षिक कार्यक्रम अन्तरगत किसानको हकहितलाई मध्यनजर गरी आधुनिक कृषि पेशा तर्फ प्रोत्साहन गरी उत्पादकत्वमा बृद्धि ल्याउने अपेक्षासहित साना कृषियन्त्र वितरण गरिएको नगर प्रमुख श्रेष्ठले जनाएका छन् ।

नगरपालिकामा आयोजित एक कार्यक्रमकाे बीच नगर प्रमुख श्रेष्ठ, नगर उप प्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, नगर प्रवक्ता पवनकुमार थारु, कृषि शाखा प्रमुख देवीराम बेल्वासे लगायतले किसानलाई उक्त कृषि सामग्री वितरण गरेका छन् ।

कृषि शाखा प्रमुख बेल्वासेका अनुसार नगर र किसानको गरी ४० लाख ४९ हजार बराबरको कृषि सामग्री वितरण गरिएको हो । उनका अनुसार कृषि सामग्रीमा मिनिटिलर, रिपर, कन्सेलर, पम्पसेट लगायत बाँडिएको हो ।

Leave a Reply