कृषिको यान्त्रिकरणमा बुद्धभूमिः किसानले पाए मिनि टिलर, उत्पादन लागत कम गर्ने लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कृषिको यान्त्रिकरणमा बुद्धभूमिः किसानले पाए मिनि टिलर, उत्पादन लागत कम गर्ने लक्ष्य

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ३२ किसानलाई मिनि टिलर वितरण गरिएको छ । साना कृषि यन्त्र उपकरण वितरण कार्यक्रम अनुसार नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरका ३२ किसानलाई उक्त मिनि टिलर वितरण गरेका हुन् । किसानको ५० र नगरपालिकाको ५० प्रतिशत अनुदानमा माग र आवश्यकताका आधारमा उक्त मिनि टिलर बाडिएको नगर प्रमुख श्रेष्ठले बताए ।

चालु आर्थिक वर्षमा नगरले किसानका लागि आधुनिक कृषि सामग्री वितरणको कार्यक्रम ल्याएको भन्दै केही दिनमा अझै कृषियन्त्र वितरणको तयारी रहेको उनले बताए । नगरपालिकाका कृषि शाखा प्रमुख देवीराम बेल्वासेले नगरभित्र चाप कटर १५ जना, ब्रस कटर ७ जना, पम्प सेट ७ जना र मोटर दुई जनालाई ५०/५० अनुदानमा दिइएको बताए । किसान स्वयमले यी सामग्री खरिद गरी भुक्तानीको लागि नगरपालिकामा बील पेश गरेपछि अनुदान रकम दिइने उनले बताए ।

शाखा प्रमुख बेल्वासेका अनुसार मिनि टिलरका लागि ३५ हजार, चाप कटरका लागि २० हजार, ब्रस कटरका लागि १२ हजार ५ सय, पम्प सेटका लागि २३ हजार, मोटरका लागि १५ हजार र कम्बाइल मिलका लागि २२ हजार ५ सय रकम किसानले आफ्नो खातामा पाउने उनले बताए। नगरपालिकाले किसानका लागि कोटा तोकेरै अनुदानका लागि मागको सूचना निकालेको थियो ।

स्थानीय र प्रदेश भित्र सूचीकृतमा रहेका सप्लार्यसबाट किसान स्वयमले सामग्री खरिद गरी आवश्यक अनुदान रकम पाएका हुन् । कृषि क्षेत्रमा यान्त्रिकरण गरी उत्पादन लागत कम गर्नका लागि अनुदानमा सामग्री दिइएको बेल्वासेले बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले नगरले चालु आवमा किसान केन्द्रित विभिन्न अनुदानका कार्यक्रम ल्याएको बताए ।

किसानलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउनका लागि अनुदानमा विभिन्न उपकरण दिइएको उनले बताए । यो वर्ष नगरले कृषिका लागि मासु पसल सुधार, डेरी सुधार, भकारो सुधार, मिनि टिलर, पानी तान्ने पम्पमा अनुदान दिने पनि उनले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);