बिदेश जान तयार पारेको १३ लाख ड्राईगन फुडमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बिदेश जान तयार पारेको १३ लाख ड्राईगन फुडमा

मोरङ,८ मंसिर। मोरङको बेलबारी ८ का तारा सापकोटा नर्वे जानका लागि तयारीमा थिए। उनको भिसा समेत लागि सकेको थियो । उनलाई एजेन्टले १३ लाख रुपैँया ठिक पारेर आउन भनेको थियो । एजेन्टले भनेअनुसार ऋण खाजेर पैशा ठिक्क पारेको थिए। नगरपालिकाले नगरसभाबाट नै कृषिलाई पहिलो प्राथमिक्ता दिएर बजेट ल्याए पछि आश पलाएको तारा सापकोटाले बताउनु भयो।

ड्राईगन खेति गर्ने सापकोटा बेलबारीका पहिला कृषक हुन । सापकोटाले बैदेशिक रोजगारीमा जानका लािग तयार गरेको १३ लाख रुपैया ड्राईगन खेतिमा लगानी गर्नुभएको छ ।आईतवार बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सापकोटाले सुरु गरेको ड्राईगन फुडका विरुवा रोप्नु भएको छ । ड्राईगनका फुडका विरुवा रोप्दै मेयर सुवेदीले आफनै माटोमा पसिना बगाउछौ केहि गर्छौ भन्नेलाई सहयोग गर्न नगरपालिका तयार भएको बताउनुभयो।


कृषिलाईनै लक्षित गरेर नगरपालिकाले बिना धितो सहुलियत कर्जा बापत २ प्रतिशत ब्याजदरमा समुहमा खेति गर्नेहरुलाई ५ लाख ऋण समेत दिने कार्यक्रम अगाडि बढाएको छ । जसका लागि बेलबारीमा रहेका बैकसँग नगरपालिकाले सहकार्य गरेको छ । जसवाट २० करोड भन्दा बढि पैशा कृषक सम्म पुग्ने आँकलन गरीएको छ । नगरपालिकाले युवाहरुलाई नै उद्यमी बनाउने उदेश्यले गरिवसँग नगरपालिका कार्यक्रम समेत संचालन गरिरहेको छ ।

चालु आवमा पावर टिलर, मकै थ्रेसर, मिनि टिलर, ड्राईगन फुड,खेति तथा गोला सहितको माहुरीको घार बितरण गर्ने कार्यक्रम समेत अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताउनुभयो । प्रत्येक वडाले ५ लाख मुल्य बराबारीको फलफुलको बिरुवा कृषकलाई बितरण गर्ने गरी नगरसभाबाट नै नगरपालिकाले पास गरेको छ । बेलबारीमा ११ वटा वडा रहेका छन । यस अघि नै नगरपालिकाले एक वडा एक उत्पादनको कार्यक्रम समेत अगाडि बढाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);