कक्षा १२ को परीक्षा होम सेन्टरमा हुने, परीक्षाअघि विद्यार्थीलाई खोप दिन समितिको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कक्षा १२ को परीक्षा होम सेन्टरमा हुने, परीक्षाअघि विद्यार्थीलाई खोप दिन समितिको सुझाव

काठमाडाैं । कक्षा १२ को परीक्षा विद्यार्थी अध्ययन गरेकै विद्यालय अर्थात होम सेन्टरमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा कोरोना संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको जानकारी गराएका हुन ।

परीक्षा साउन ३१ देखि भदौ ९ गतेसम्म हुँदैछ । सदस्य सचिव अर्यालले अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने र यसले कोरोना संक्रमणको जोखिमलाई बढाउन सक्ने भएकाले होम सेन्टरबाट परीक्षा गर्नु पर्ने अवस्था आएको उल्लेख गरे ।

एसइइको नतिजा आन्तरिक मूल्यांकनबाट प्रकाशित गर्ने तयारी भएको तर कक्षा १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होमसेन्टरबाट परीक्षा लिन लागेको सदस्य सचिव अर्यालको भनाइ छ ।

शिक्ष तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ । परिक्षा दिने ४ लाख विद्यार्थीलाई परीक्षा अघि नै खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);