मकवानपुरमा खाल्डोमा रहेको पानीमा डुबेर एककाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

मकवानपुरमा खाल्डोमा रहेको पानीमा डुबेर एककाे मृत्यु

मकवानपुर । बागमती गाउँपालिका ८ शान्तिपुर बस्ने लोक बहादुर सारुको छोरा १० वर्षीय सागर सारुको डुबेर मृत्यु भएको छ । आफ्नै घरबाट करिब ५ सय मिटर टाढा कालिका कन्ट्रक्सनले भाडामा लिएको जग्गामा खनेको खाल्डोमा रहेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका उनको बेतिनि स्वस्थ्य चौकी फापरबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही विषयलाई लिएर मृतकका आफन्तहरुले कन्ट्रक्सनको कम्पाउण्डभित्र राखिएको बा।१८ च ५९३७ नम्बरको बलेरोमा आगजनी गर्दा बलेरो पूर्णरुपमा जलेर नष्ट भएको छ । साथै उनीहरुले बा।२ क ५८२० नम्बरको जेसिबी, ना १ क ४४५० तथा ना १ क ४५६५ नम्बरको मिक्चर ट्रक र सोही कन्ट्रक्सनको कार्यालय कक्षको झ्यालको शिशा समेत तोडफोड गरेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);