इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु

सर्लाही । सर्लाहीमा बुधबार बिहान इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको  मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका–११ गम्हरिया पल्सी टोलमा बुधबार बिहान इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

स्थानीय सदाम अन्सारीका आठ वर्षीय छोरा रेआज अन्सारी र छ वर्षीय छोरा नेआज अन्सारीको गाउँ नजिकै रहेको इँटा उद्योगको चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतक बालकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा  राखिएको छ । बालकहरुको डुबेर मृत्यु भएको इँटा उद्योग पूर्व सभासद् जंगिलाल रायको रहेको गम्हरियाका वडाध्यक्ष नन्दकिशोर रायले बताए ।

इँटा उद्योगमा कामदारहरु भएको समयमा कसैलाई पनि छेउछाउमा आउन नदिने गरेको भएपनि  बिहान भने उद्योगमा कामदारहरु नभएको समयमा बालकहरु पौडी खेल्न जाँदा  घटना भएको गम्हरियाका वडाध्यक्ष  रायले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);