जमेको पानीमा डुबेर एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

जमेको पानीमा डुबेर एक बालकको मृत्यु

child death body

सर्लाही । सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर दुई वर्षीय बालकको ज्यान गएको छ । सर्लाहीको बरहथवामा पानीमा डुबेर दुई वर्षका बालकको मृत्यु भएको हो ।

बरहथवा नगरपालिका-५, बस्ने मुकेश गुप्ताका दुई वर्षीय छोरा ओम गुप्ताको पानीमा डुबेर मृत्यु भएको हो । बालक हिजो (मंगलवार) दिउँसोपख खेल्दै जाने क्रममा आफ्नै घरको चापा कलको फोहोर पानी जम्ने खाल्डोमा डुबेर अचेत भएका थिए ।

उनलाई तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टम पश्चात आफन्तले बुझेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);