स्वास्थ्यमन्त्री तामाङ सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको निरीक्षणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

स्वास्थ्यमन्त्री तामाङ सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

sherbahadur tamang-gaja kheti

काठमाडौँ। स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । असार लागेसंगै मनसुनका कारण नेपालका अधिकांस क्षेत्रमा बाढी पहिरोले प्रभावित पारेसंगै स्वास्थ्यमन्त्री तामाङ आजै सिन्धुपाल्चोक पुगेका हुन् ।

आज बिहान मात्रै गृहमन्त्री नेतृत्वमा स्वास्थ्यमन्त्रीसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेको थियो । सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढीका विषयमा छलफल गर्न बसेको बैठकले उद्धार तथा राहतका बारेमा निर्णय समेत गरेको थियो । त्यस्तै , सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्र मेलम्ची पुगेका छन् ।

सभामुख सापकोटाको प्रेसविज्ञ श्रीधर न्यौपानेका अनुसार उनी सडकमार्ग हुँदै मेलम्ची पुगेको जानकारी दिएका हुन् । वर्षा लागेसंगै सिन्धुपाल्चोक क्षेत्रमा बाढी पहिरोले लाखौँ जनधनको क्षेति पु¥याउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);