मेलम्चीमा शनिबार राति पुनः विनाशकारी बाढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मेलम्चीमा शनिबार राति पुनः विनाशकारी बाढी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार राति पुनः एक्कासी बाढी आएको छ । 

अविरल वर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पु-याएको छ । राति करिब ९ बजेपछि काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो ।

शनिबार राति बेलुकी साढे नौ बजेदेखि आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ७ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगाएको हो । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा र एक स्थानीय रेडियोसमेत बगाएको छ ।

त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल, चनौटेको रातो पुल बगाएको छ । नदिको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

हेलम्बु किउलका तिम्बु, ग्याल्थुम र मेलम्ची नगरको बजार क्षेत्रका स्थानीयले मेलम्ची नदीको सतह बढेको खबर स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीबाट पाएपछि सुरक्षित स्थानमा सरेका थिए ।

यसैबीच मेलम्ची बहाव थपघट भइरहेकोले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसअघि गत असार १ गते आएको बाढीले  ठूलो जनधनको क्षति भएको थियो । 

प्रहरीको तथ्यांकअनुरूप बाढीले हेलम्बु गाउँपालिकाका स्थानीय र मेलम्ची खानेपानी आयोजनामा काम गर्नेमध्ये पाँचले ज्यान गुमाए, २० जना अझै वेपत्ता छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);