बाढीले मेलम्चीमा एक घर बगायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बाढीले मेलम्चीमा एक घर बगायो

फाइल फोटो

मेलम्ची । लगातारको वर्षाले मेलम्ची- ११ मा एक घर बगाएको छ । स्थानीयवासी गोपाल दुलालको ३ तल्ले घर शनिबार बिहान बगाएको हो । मेलम्ची र इन्द्रावती खोलामा पानिको बहाब बढेकाले सो घर बगाएको इलाका प्रहरी कार्यलय मेलम्चीाका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए ।

असार १ गते देखि आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको छ, दर्जनौ बेपत्ता भएका छन त्यस्तै ४०० भन्दा बढि घर विस्थापित भएका छन् । निरन्तर वर्षाको कारण नदिमा पानीको बहाब बढिरहेकाले नदि आसपासका र तटिय क्षेत्रका वासिन्दालाई सुरक्षित रहन इलाका प्रहरी कार्यलय मेलम्चीले आग्रह गरेको छ ।

बाढिले मेलम्चीका ५० भन्दा बढि घर जोखिममा छन् । बाढिले विस्थापितहरु हेलम्बु र मेलम्चीका स्थानिय अहिले भेगका स्थानमा बसिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);