मेलम्चीको ड्या्म फुट्दा २ बेपत्ता, २ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मेलम्चीको ड्या्म फुट्दा २ बेपत्ता, २ जना घाइते

melamchi surung

देवराज सुवेदी
मेलम्ची, ३० असार । मेलम्ची खानेपानी योजनाको सुरुङ परिक्षणको क्रममा अस्थायी ड्या्म फुट्दा दुई जना घाइते भएका छन् भने दुई जना बेपत्ता भएका छन् । मंगलबार दिउँसो १२ः३० बजे पानी भरिएको सुरुङको गेट फुट्दा पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजी ५५ वर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ वर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएको त्याहाँ कार्यरत कर्मचारी युबराज गिरीले जानकारी दिनुभयो ।

त्यस्तै कन्सल्त्यान्ट दोर्जे पेन्बा र इन्जिनियार सेखर खानेल घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौँ लाने तयारी भैरहेको तामाङले जानकारी दिनुभयो । बेपत्ताको हेलम्बु प्रहरी र सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

गेट फुटेपछि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);