बेपत्ता इन्जिनियरको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बेपत्ता इन्जिनियरको शव फेला

melamchi surung

मेलम्ची, ३१ असार । मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परिक्षणको क्रममा सुरुङको १७ नं गेट फुट्दा हिजो दिउँसो १२ बजे बेपत्ता भएका २ जना मध्ये १ जनाको शव फेला परेको छ । त्यहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएका थिए ।

तिमध्ये इन्जिनियर सतिस गोहितको शव आज ४ बजे मेलम्ची नगरपालिका ११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरि कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनु भयो ।

त्यस्तै घाइते भएका कन्सल्त्यान्ट दोर्जे पेन्बा र इन्जिनियार सेखर खनालको काठमाडौंको ग्राण्डि अस्पतालमा थप उपचार भइरहेकोे छ भने अर्का बेपत्ता राधा कृष्ण थापा मगरको खोजि भैरहेको पनि तामाङले जानकारी दिनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);