सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा पुरिएर ८ जना मजदुर बेपत्ता, एक जनाको जिवितै उद्दार | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा पुरिएर ८ जना मजदुर बेपत्ता, एक जनाको जिवितै उद्दार

काठमाडौं, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै आइतबार राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् ।

वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार पहिरोमा ९ जना पुरिएको र त्यसमध्ये एक जनाको जिवितै उद्दार भएको छ । बेपत्ता हुनेहरुमा राजेन्द्र चौरसिया, प्रदीप चौरसिया, विक्रम थिंग, मानबहादुर रुम्बा, सिमन घलान, शिवबालक धामी, सोनाम लामा र राजेन्द्र चौधरी रहेका छन् ।

मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो । स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले अहिले पहिरोमा हराएकाहरुको खोजी गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);