आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमा, तागाधारीहरुले नयाँ जनै फेरेर र रक्षाबन्धन बाँधेर मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमा, तागाधारीहरुले नयाँ जनै फेरेर र रक्षाबन्धन बाँधेर मनाउँदै

काठमाडौं, १९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन अर्थात् डोरो बाँधेर मनाइँदै छ । तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै अर्थात यज्ञोपवीत फेर्ने गर्दछन् ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका लगाएर स्नान गर्छन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

पूर्णिमाका दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ । तराईमा आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइहरुका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँधिदिने चलन पनि छ ।

यता नेवार समुदायले यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनी मास, भट्मास, मुँग, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुसर र बोडी गरी नौ प्रकारको गेडागुडी मिसाई पकाएको क्वाँटी खाने चलन छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);