आज देशैभर जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाईँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज देशैभर जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाईँदै

काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमाको अवसरमा जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाईंदैछ ।

हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन धुमधामका साथ मनाउने चलन छ ।

आजको दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन पनि रहि आएको छ । रातो, पहेंलो रंगको डोरा विधिपूर्वक बाँधेपछि रोग ब्याध नलाग्ने, सुख शान्ति मिल्ने विश्वास रहि आएको छ ।

यस्तै तराईका जिल्लामा आज दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ ।

यस्तै आजै एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);