आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व देशैभरि मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व देशैभरि मनाइँदै

janai purima

काठमाडौं, ३० साउन । आज श्रावण शुक्ल पूर्णिमाको अवसरमा जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने चलन छ । आजकै दिन तराईका अधिकांश जिल्लामा दाजुभाइ र दिदी बहीनीले एक अर्कालाई ‘राखी’ बाँधी यो पर्व मनाउने गर्दछन् ।

त्यस्तै आजको दिनमा नेवार सम्प्रदायमा ‘क्वाँटी’ खाने चलन पनि छ । आजको दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन पनि रहि आएको छ । रातो, पहेंलो रंगको डोरा विधिपूर्वक बाँधेपछि रोग ब्याध नलाग्ने, सुख शान्ति मिल्ने विश्वास रहि आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);