आज जनैपूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धन पर्व | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज जनैपूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धन पर्व

janai purima

काठमाडौं, १० भदौ । आज जनैपूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धन पर्व मनाईंदैछ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले हातमा डोरो बाँधिदिने गर्छन् ।

आज तागाधारीले जनै फेर्ने चलन पनि छ । यसका लागि ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । यस्तै तराईका जिल्लामा आज दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यस्तै आजै एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);