निर्मला पन्तको परिवारलाई रु १० लाख राहत दिने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

निर्मला पन्तको परिवारलाई रु १० लाख राहत दिने सरकारको निर्णय

nirmala panta

काठमाडौं, १० भदौ । सरकारले कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई १० लाख रुपैया राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

शनिबार सांझ बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको शव फेला परेको घटनालाई दुःखद् र निन्दनीय मान्दै पन्तको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले प्रहरीको गोली लागि मृत्यु भएका सन्नी खुना लाइ शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैया राहत उपलब्ध गराउने भएको छ । साथै प्रर्दशनका क्रममा घाईते भएकाहरुको निःशुल्क उपचार व्यवस्था मिलाउनुको साथै अंगभंग भएकाहरुलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);