सिंहको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सिंहको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं, २६ असार । सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख र्आिर्थक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनु भएको हो ।

मन्त्रीपरिषदको निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो घटनामा घाइते भएकाहरुको उपचारको पनि व्यवस्था पनि सरकारले गर्ने बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);